♿ Access
मङ्गलसेन
नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा ११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा जिल्लाकाे सदरमुकाम मंगलसेनमा अवस्थित षाेड्शा देवी माध्यमिक विधालयमा अध्ययनरत दृष्टिबिहिन २१ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।
अभिभावक बिहिन १५ जना र दृष्टिबिहिन ६ जना गरि २१ जना बालबालिकालाई बितरण गरिएको हो ।
जिल्ला सचीव निरक सी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिमा नेकपाका केन्द्रिय सदस्य जिल्ला इन्चार्ज मिना सी ,अतिथिमा षाेड्शा मा.बि का प्र.अ बृकेश बोगटी ,अखिल (समाजवादी)का केन्द्रिय सदस्य दिपेन्द्र सी ,अखिल (समाजवादी) का केन्द्रिय सदस्य एकेन्द्र सी रहनुभएको थियो ।
उक्त कार्यक्रममा शिक्षक विद्यार्थीको उपस्तिथि थियो भने कार्यक्रमकाे संचालन नेकपाका जिल्ला समिति सदस्य तपेन्द्र सी ले गर्नु भएको थियो ।
स्रोत: दैनिकि मेडिया डटकममा प्रकाशित समाचार ।
Comments
Post a Comment
Please leave your comments with civilized and full effort of free from multiple meaning.