मलाई फेसबुकमालाइक गर्नुहोस् मलाई टुइटरमा फलो गर्नुहोस्
अछाम जिल्ला
साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेति अञ्चलमा पर्दछ भने हालको प्रसासनिक
विभाजन अनुसार अछाम जिल्ला सुदूरपश्चिम प्रदेशको पहाडी भुभागमा पर्दछ । साविकमा
७५ गाउँ विकास समिति र १३ इलाका रहेको यस जिल्लामा नयाँ प्रसासनिक विभाजन अनुसार
११ साथनीय तहहरू अन्तरगत ४ नगरपालिकाहरू र ७ गाउँपालिकाहरू कायम भएका छन् । भौगलिक
बनाओट परिवर्तन बाहेक अरू कुराहरू समयानुसार थोरै धेरै बदलिईरहन्छन् । तर पनि
ती कुराको समयमा लेखन गरिएन भने इतिहास अपुरो हुनजान्छ ।
नेपालको पहाडि
भागमा पर्ने अछाम जिल्लाको सांस्कृतिक तथा सामाजिक अवस्था अरू भन्दा अनुपम
छ । ऐतिहासिक रूपमा अछामको महत्व केलाउने क्रममा अनलाइनमा खोज्दा एक मात्र
तथ्य फेला पर्नु आफैमा अपुग अभिलेकिकरणको प्रतिफल हो । त्यसैले यहाँ “अछाम
जिल्लाको परिचय उल्लेख गर्दा अनलाइनमा प्राप्त स्रोतहरूलाई सङ्कलन गरि प्रकाशित
गरिन्छ ।
उत्पत्ति र नामाकरण
ऐतिहासिक पृष्ठभूमिको अध्ययनबिना कुनैपनि स्थान तथा ठाउँ विशेषको अध्ययन सधै अधुँरो हुन्छ । अछाम जिल्लाको पनि आफ्नै किसिमको ऐतिहासिक पृष्ठभूमि छ । यस जिल्लाको नामाकरणको सन्दर्भमा निम्न तीन किसिमका जनश्रुतीहरु पाइन्छन् ।
प्रथम, प्राचीनकालमा भारतीय मुगल साम्राज्यको चर्को दमन र उत्पीडन सहन नसकी त्यहाँबाट ठूलो संख्यामा हिन्दूहरू बसाइँ सर्न बाध्य भए । घुम्दै हिड्ने क्रममा उनीहरु तत्कालीन नेपालको नौखुवा (वर्तमान अछाम) पुगे । त्यसबेला नौखुवा प्रशस्त मीठो आँप पाइने स्थानको रुपमा परिचित थियो । अनुकूल हावापानी र प्रशस्त मीठो आँप पाइने भएको कारण घुमन्ते भारतीयहरुका लागि बसोबास गर्न उपयुक्त भएकोले उनीहरु नौखुवामा बस्न थाले । हिन्दी भाषामा आँपलाई अच्छा आम भनिन्छ । अच्छा आम अपभ्रंस हुँदै जाँदा प्रशस्त मीठो आँप पाइने नौखुवालाई ‘अछाम’ भनिन थालियो ।
दोस्रो, डोटी जिल्लाका ब्राम्हण खानदानका गोपाल खतिवडाका (भट्ट भनिनें) चार भाइछोराहरु थिए । उनका चार छोराहरु लल्ल, विलल्ल भाष र प्रभाष थिए । प्रभाषको प्रसिद्ध जुम्ली राजा देवचन्द्रकी छोरी हार्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे । पछि नौखुवा राज्य उनले विर्ता पाई नौखुवामा शासन गर्न थालेकाले उनीबाट जन्मेका छोरा राजा हुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकोले अचम्म शब्द अपभ्रंस हुँदै ‘अछाम’ भनिन लाग्यो ।
तेस्रो, अछामी राजाको मुलथलो बड्डी (बुढो) अछाम अर्थात हाल सेरा गाविसको क्वालेख भन्ने ठाउँमा थियो । त्यसपछि बान्नीगढी, पुनः क्वालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ । राणाकालीन अवस्थामा अछाम राज्य डोटी राज्यमा गाभिन गई खाद्यान्न आपूर्तिको केन्द्रको रुपमा रह्यो । पछि अछामको कैलासखोला पश्चिमको भू-भाग डोटी र पूर्वको भू-भाग दैलेख जिल्लामा गाभिन गएको पाइन्छ । वि.सं. २०१४/०१५ सालतिर यहाँका जनताहरुद्वारा तत्कालीन राजा महेन्द्र समक्ष छुट्टै जिल्ला घोषणा गरियोस् भनि बिन्तिपत्र चढाए बमोजिम राजाबाट माल बुझिदिनु भन्ने हुकुम भयो । तत्पश्चात २०१८ साल वैशाख १ गते अछाम नेपालको मानचित्रमा एउटा छुट्टै जिल्लाको रुपमा ‘अछाम’ अस्तित्वमा आएको पाइन्छ ।
नेपालको कूल
क्षेत्रफलको करिब १% भुभाग ओगटेको अर्थात १६९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अछाम
जिल्लाको भौगोलिक तथा प्रसासनिक विभाजन सिमाना निम्नानुसार छ–
पूर्व : कालिकोट, दैलेख
पश्चिममा : डोटी
उत्तर : बाजुरा, बझाङ्ग
दक्षिण : सुर्खेत
क्षेत्रफल : १६९२ वर्ग कि.मि.
अक्षांश :२८० ४६’ उत्तरदेखि २९० २३” उत्तरसम्म
देशान्तर : ८१० ३२’ पूर्वदेखि ८१० ३५” पूर्वसम्म
भू-क्षेत्र : ९० प्रतिशत मध्येपहाडी र १० प्रतिशत उच्च पहाडी
उचाई (न्यूनतम) : ५४० मिटर (समुद्री सतहबाट)
उचाई (अधिकतम) : ३८२० मिटर (समुद्री सतहबाट)
सदरमुकामको उचाई : १३६२ मिटर (समुद्री सतहबाट)
हावापानी : समशीतोष्ण
प्रमुख नदीहरु : कर्णाली, बुढीगंगा, कैलास र
पर्यटकीय स्थलहरु : खप्तड र रामारोशन क्षेत्रका ताल तलैयाहरु, बैजनाथ क्षेत्र, पञ्चदेवल
प्रशासनिक तथा राजनीतिक विभाजन
विकास क्षेत्र : सुदूर पश्चिमाञ्चल
अञ्चल : सेती
सदरमुकाम : मंगलसैन
निर्वाचन क्षेत्र : २
इलाका संख्या : १३
नगरपालिका संख्या:३(साँफेबगर न.पा,मंगलसेन न.पा र कमलबजार न.पा)
गाविस संख्या : ५६
जनसंख्या, जम्माः २५७४७७
पुरुषः १३७४६९
महिलाः १२०००८
विदेशमा रहेको जनसंख्याः ३१४८५
जनघनत्वः १५४ प्रति वर्ग कि.मि.
घरधुरी संख्याः ४८३५१
औषत परिवार संख्याः ५.१३
(स्रोत :राष्ट्रिय जनगणना, २०६८)
रोजगारको स्थिति
कृषि : ६०.१८ प्रतिशत
विदेशी नोकरी : ३५.४६ प्रतिशत
स्वदेशी नोकरी : १.६३ प्रतिशत
अन्य : २.७३ प्रतिशत
शैक्षिक अवस्थाः
साक्षरता दरः ६६.४४ प्रतिशत
पुरुषः ८२.५३ प्रतिशत
महिलाः ५०.३६ प्रतिशत
क्याम्पस संख्याः ५
उ.मा.वि. संख्याः २९
मा.वि. संख्याः ९१
नि.मा.वि. संख्याः ७३
प्रा.वि.: ३३३
साक्षरता लैङ्गकि समानता सूचकः ०.७९
स्रोतःजिल्ला
पार्श्वचित्र-२०७१,अछाम
Comments
Post a Comment
Please leave your comments with civilized and full effort of free from multiple meaning.