अछाम जिल्लाको परिचय

मलाई फेसबुकमालाइक गर्नुहोस् मलाई टुइटरमा फलो गर्नुहोस्

अछाम जिल्ला साविकको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सेति अञ्चलमा पर्दछ भने हालको प्रसासनिक विभाजन अनुसार अछाम जिल्ला सुदूरपश्चिम प्रदेशको पहाडी भुभागमा पर्दछ । साविकमा ७५ गाउँ विकास समिति र १३ इलाका रहेको यस जिल्लामा नयाँ प्रसासनिक विभाजन अनुसार ११ साथनीय तहहरू अन्तरगत ४ नगरपालिकाहरू र ७ गाउँपालिकाहरू कायम भएका छन् । भौगलिक बनाओट परिवर्तन बाहेक अरू कुराहरू समयानुसार थोरै धेरै बदलिईरहन्छन् । तर पनि ती कुराको समयमा लेखन गरिएन भने इतिहास अपुरो हुनजान्छ ।

नेपालको पहाडि भागमा पर्ने अछाम जिल्लाको सांस्कृतिक तथा सामाजिक अवस्था अरू भन्दा अनुपम छ । ऐतिहासिक रूपमा अछामको महत्व केलाउने क्रममा अनलाइनमा खोज्दा एक मात्र तथ्य फेला पर्नु आफैमा अपुग अभिलेकिकरणको प्रतिफल हो । त्यसैले यहाँ “अछाम जिल्लाको परिचय उल्लेख गर्दा अनलाइनमा प्राप्त स्रोतहरूलाई सङ्कलन गरि प्रकाशित गरिन्छ ।

अछाम जिल्लाको परिचयका सम्बन्धमा अनेक किम्बदन्ति सुन्न पाइन्छ । अछामको नामाकरण विषयमा जिल्ला समन्वय समिति अछामको वेबसाइटमा “अछाम जिल्लाकोसंक्षिप्त परिचय” शिर्षकमा यसरी लेखिएको छ ।

उत्पत्ति र नामाकरण

ऐतिहासिक पृष्ठभूमिको अध्ययनबिना कुनैपनि स्थान तथा ठाउँ विशेषको अध्ययन सधै अधुँरो हुन्छ । अछाम जिल्लाको पनि आफ्नै किसिमको ऐतिहासिक पृष्ठभूमि छ । यस जिल्लाको नामाकरणको सन्दर्भमा निम्न तीन किसिमका जनश्रुतीहरु पाइन्छन् ।

प्रथम, प्राचीनकालमा भारतीय मुगल साम्राज्यको चर्को दमन र उत्पीडन सहन नसकी त्यहाँबाट ठूलो संख्यामा हिन्दूहरू बसाइँ सर्न बाध्य भए । घुम्दै हिड्ने क्रममा उनीहरु तत्कालीन नेपालको नौखुवा (वर्तमान अछाम) पुगे । त्यसबेला नौखुवा प्रशस्त मीठो आँप पाइने स्थानको रुपमा परिचित थियो । अनुकूल हावापानी र प्रशस्त मीठो आँप पाइने भएको कारण घुमन्ते भारतीयहरुका लागि बसोबास गर्न उपयुक्त भएकोले उनीहरु नौखुवामा बस्न थाले । हिन्दी भाषामा आँपलाई अच्छा आम भनिन्छ । अच्छा आम अपभ्रंस हुँदै जाँदा प्रशस्त मीठो आँप पाइने नौखुवालाई अछामभनिन थालियो ।

दोस्रो, डोटी जिल्लाका ब्राम्हण खानदानका गोपाल खतिवडाका (भट्ट भनिनें) चार भाइछोराहरु थिए । उनका चार छोराहरु लल्ल, विलल्ल भाष र प्रभाष थिए । प्रभाषको प्रसिद्ध जुम्ली राजा देवचन्द्रकी छोरी हार्मता मैयासँग प्रेम विवाह भई केही वर्ष उनी जुम्ला बसे । पछि नौखुवा राज्य उनले विर्ता पाई नौखुवामा शासन गर्न थालेकाले उनीबाट जन्मेका छोरा राजा हुने र शाह पदवी समेत पाउने संस्कार बसी अचम्म भएकोले अचम्म शब्द अपभ्रंस हुँदै अछामभनिन लाग्यो ।

तेस्रो, अछामी राजाको मुलथलो बड्डी (बुढो) अछाम अर्थात हाल सेरा गाविसको क्वालेख भन्ने ठाउँमा थियो । त्यसपछि बान्नीगढी, पुनः क्वालेख र मंगलसैनमा राज्य सरेको पाइन्छ । राणाकालीन अवस्थामा अछाम राज्य डोटी राज्यमा गाभिन गई खाद्यान्न आपूर्तिको केन्द्रको रुपमा रह्यो  । पछि अछामको कैलासखोला पश्चिमको भू-भाग डोटी र पूर्वको भू-भाग दैलेख जिल्लामा गाभिन गएको पाइन्छ । वि.सं. २०१४/०१५ सालतिर यहाँका जनताहरुद्वारा तत्कालीन राजा महेन्द्र समक्ष छुट्टै जिल्ला घोषणा गरियोस् भनि बिन्तिपत्र चढाए बमोजिम राजाबाट माल बुझिदिनु भन्ने हुकुम भयो । तत्पश्चात २०१८ साल वैशाख १ गते अछाम नेपालको मानचित्रमा एउटा छुट्टै जिल्लाको रुपमा अछामअस्तित्वमा आएको पाइन्छ ।

नेपालको कूल क्षेत्रफलको करिब १% भुभाग ओगटेको अर्थात १६९२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अछाम जिल्लाको भौगोलिक तथा प्रसासनिक विभाजन सिमाना निम्नानुसार छ–

पूर्व : कालिकोट, दैलेख

पश्चिमम : डोटी

उत्तर : बाजुरा, बझाङ्ग

दक्षिण : सुर्खेत

क्षेत्रफल : १६९२ वर्ग कि.मि.

अक्षांश :२८० ४६उत्तरदेखि २९० २३उत्तरसम्म

देशान्तर : ८१० ३२पूर्वदेखि ८१० ३५पूर्वसम्म

भू-क्षेत्र : ९० प्रतिशत मध्येपहाडी र १० प्रतिशत उच्च पहाडी

उचाई (न्यूनतम) : ५४० मिटर (समुद्री सतहबाट)

उचाई (अधिकतम) : ३८२० मिटर (समुद्री सतहबाट)

सदरमुकामको उचाई : १३६२ मिटर (समुद्री सतहबाट)

हावापानी : समशीतोष्ण

प्रमुख नदीहरु : कर्णाली, बुढीगंगा, कैलास र

पर्यटकीय स्थलहरु : खप्तड र रामारोशन क्षेत्रका ताल तलैयाहरु, बैजनाथ क्षेत्र, पञ्चदेवल

प्रशासनिक तथा राजनीतिक विभाजन

विकास क्षेत्र : सुदूर पश्चिमाञ्चल

अञ्चल : सेती

सदरमुकाम : मंगलसैन

निर्वाचन क्षेत्र : २

इलाका संख्या : १३

नगरपालिका संख्या:३(साँफेबगर न‍.पा,मंगलसेन न.पा र कमलबजार न.पा)

गाविस संख्या : ५६

जनसंख्या, जम्माः २५७४७७

पुरुषः १३७४६९

महिलाः १२०००८

विदेशमा रहेको जनसंख्याः ३१४८५

जनघनत्वः १५४ प्रति वर्ग कि.मि.

घरधुरी संख्याः ४८३५१

औषत परिवार संख्याः ५.१३

(स्रोत :राष्ट्रिय जनगणना, २०६८)

रोजगारको स्थिति

कृषि : ६०.१८ प्रतिशत

विदेशी नोकरी : ३५.४६ प्रतिशत

स्वदेशी नोकरी : १.६३ प्रतिशत

अन्य : २.७३ प्रतिशत

शैक्षिक अवस्थाः

साक्षरता दरः ६६.४४ प्रतिशत

पुरुषः ८२.५३ प्रतिशत

महिलाः ५०.३६ प्रतिशत

क्याम्पस संख्याः ५

उ.मा.वि. संख्याः २९

मा.वि. संख्याः ९१

नि.मा.वि. संख्याः ७३

प्रा.वि.: ३३३

साक्षरता लैङ्गकि समानता सूचकः ०.७९

स्रोतःजिल्ला पार्श्वचित्र-२०७१,अछाम


Comments