ने कपा (एमाले) का पूर्व उपाध्यक्ष डा.भीमबहादुर रावलले आफूलाई कार्वाही गरेर देखाउन चुनौति दिएका छन् ।
गृह जिल्ला अछाम पुगेका नेता रावलले आज साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाइ कार्वाही गरेर देखाउन चुनौति दिएका हुन् ।
देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू खडा भएको केही मानिसहरुलाई बिझाई रहेको भन्दै नेता रावलले त्यस्ता पात्र र प्रवृत्तिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे । देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेकोले आफ्नो अडानमा अबिचलित रहेको र त्यसै अनुसार चल्न पार्टी नेता तथा कार्यकर्तालाई उनले निर्देशन समेत दिए।
उनले पार्टी विचार शुन्य अवस्थामा पुगेको भन्दै नेता रावलले आफू पार्टीको विधि, विधान र सिद्धान्तको पक्षमा बोल्दै आएको तर्फ सबैको ध्यानाकर्षण पनि गराउन खोजीरहेको बताए ।
पार्टीबाट कार्वाहीको तयारी भइरहेको छ भन्ने सुनिन्छ नी भन्ने एक प्रश्नमा उनले भने पार्टीको सिद्धान्तलाई जोगाउनु पर्छ, विधि विद्यान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण मलाई कार्वाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौति दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।
उनले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।
शिखर समाचार: https://shikharsamachar.com/news/35742/
Comments
Post a Comment
Please leave your comments with civilized and full effort of free from multiple meaning.