अछाम
अछामको मंगलसेन बजारमा अनुगमन गरिएको छ। मंगलसेन नगरपालिकाको टोलिले किराना पसल, होटल तथा भाडा पसल अनुगमन गरेको हो। बजार अनुगमनका क्रममा ५ पसलका सन्चालकलाई जरिवाना समेत गरिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको नेतृत्वमा गएको टोलिले तरकारी तथा फलफुल पसल हाटबजारमा नभएर बजारमा बिक्रि वितरण गरिरहेकाले कारबाही समेत गरेको छ।
प्रत्येक पसललाई तत्काल हाटबजारमा पसल राखेर बिक्रीवितरण गर्न निर्देशन सहित तत्काललाई कारबाही स्वरुप १ हजार जरिवाना गरिएको छ।
मूल्य सुचि,
दर्ता नविकरण, खाद्य पदार्थको म्याद, सरसफाईको अबस्था बारे अनुगमन गरि आवश्यक निर्देशन दिईएको छ
।
यो समाचार २०७८ साल भाद्र १० को महेन्द्रनगरपोस्ट डटकममा प्रकाशित छ ।
Comments
Post a Comment
Please leave your comments with civilized and full effort of free from multiple meaning.