अछामको जयगड बजारमा चोरि

अछाम जिल्लाको जयगढ बजारमा चोरी भएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र रहेको जयगढ बजारका पसलहरूबाट धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

जयगढ बजारमा रहेको एक इलेकट्रोनिक पसल र जयगढ नजिकै पर्ने तिमिल्सैन झुलेली गडामा रहेको किराना पसल तथा होटलमा शुक्रवार राति चोरी भएको हो । 

जयगढ रोड बजारमा रहेको मंगलासैनी मोबाइल ग्यालरीबाट नगद र बिभिन्न सामान सहित ३ लाख बराबरको चोरी भएको संचालक  नवराज खत्रीले बताएका छन् । 

पसलका संचालक खत्रीका अनुसार चोरले बिभिन्न कम्पनीका मोबाइल सेट, इलेकट्रोनिक्सका विभिन्न सामान र नगद १३ हजार चोरेर लगेका हुन् । 

साँझ ताला लगाएर बन्द गरेको पसल बिहान खुला देखेपछि पसलभित्र हेर्दा चोरी भएको शनिवार बिहानमात्र थाहा पाएको खत्रीको भनाइ छ । 

यस्तै जयगढ बजार नजिकै जयगढ मंगलसैन सडक खण्डअन्तर्गत तिमिल्सैन झुलेलीगडामा रहेको विक्रम कोल्ड सेन्टरबाट नगद १ लाख ६० हजार नगद, मदिरा, गुट्खा, खाद्य सामाग्रीसहित करिब २ लाख बरावरको चोरी भएको छ । 

पसलका सञ्चालक विशाल बोहराका अनुसार मोटरसाइकल किन्न सञ्चित गरेर राखेको १ लाख ६० हजार र मदिरा, गुट्खा, खाद्य सामाग्री चोरी भएको हो । 

गत वर्ष मङ्सिर ३ मा पनि जयगढ देवल बजारमा रहेको होटेल इभा एण्ड रिसोर्टमा चोरी भएको थियो ।

यो समाचार मिति २०७८ फाल्गुन १४ गते शनिबारको महेन्द्रनगर पोस्ट डटकममा प्रकाशित छ ।

Comments