अछाम जिल्लाको सभापतिमा काङ्ग्रेसका पुष्प शाह निर्वाचित

पुष्पबहादुर शाह नेपाली कांग्रेस अछामको सभापति बन्न सफल भएका छन् । सोमबार भएको निर्वाचनको दोस्रो चरणमा प्रतिस्पर्धी भरतकुमार स्वारलाई हराउँदै शाह विजयी भएका हुन् ।
कुल १ हजार ४ सय ९७ मत खसेकामा सभापतिका उम्मेदवार पुष्प शाहले ७ सय ७९ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी निर्वतमान सभापति स्वारले ७ सय ११ मत प्राप्त गरे । ७ मत बदर भएको थियो । 
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान भएको हो । बिहान ८ बजेबाट मतदान भएकामा ४ बजे सकिएको थियो । ५ बजेबाट मतगणना शुरू गरिएको थियो । अन्य पदाधिकारीहरुको पनि मतगणना हुँदैछ । 


यो खबर हाम्रा कुरा डटकममा २३ फाल्गुन, २०७८ को मितिमा  प्रकाशित छ ।

Comments