अछामको कमलबजार नगरपालिकामा ६ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन ।
पालिकाले जनजीविका केन्द्रित काम नगरेको, बजेट पारित हुन नसकेको तथा राजनीतिक दलहरुले उठाएका मागलाई सम्बोधन नगरेको भन्दै गएको १९ गते विभिन्न चार दलले पालिका कार्यालयमा ताला लगाएका थिए।
नेपाल कम्युनिस्ट पार्टी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी मालेले संयुक्त रुपमा ताला लगाएका हुन् । पालिकामा ताला लागेका कारण सेवाप्रवाह प्रभावित भएको छ भने सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारीको तलब निकासाजस्ता काम पनि हुन सकेका छैनन् ।
ताला लागेको ६ दिन भइसक्दा पनि खुलाउन कुनै पहल नभएको गुनासो छ । तर मेयर यज्ञप्रसाद ढकालले ताला खुलाउन पहल गरिएको बताउनुभएको छ ।
स्रोत: उज्यालो अनलाइन डटकम (२०८०-६-२४) मा प्रकाशित ।
Comments
Post a Comment
Please leave your comments with civilized and full effort of free from multiple meaning.