ढुंगा लागेर महिलाको मृत्यु

♿ Access

शिवराज ढुंगाना अछाम, साउन २ गते । बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ । मंगलबार मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो । सोही वडाको गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्कने क्रममा माथिबाट झरेको ढुंगा टाउकोमा लागेर घटनास्थलमै उहाँको मृत्यु भएको अछाम प्रहरी प्रमुख इश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन लगिएको छ । घटनास्थल मंगलसेन–सुवाखाँद–वस्ती सडक खण्ड नजिक रहेको छ । यो खबर गोर्खापत्र अनलाइनबाट लिईएको हो ।

Comments